Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कार्यदलको प्रतिवेदनबारे ओली र प्रचण्ड बालुवाटारमा छलफल गर्दै

कार्यदलको प्रतिवेदनबारे ओली र प्रचण्ड बालुवाटारमा छलफल गर्दै

  • सोमवार, भाद्र ८ २०७७

  • 1.4K
    SHARES

  • कार्यदलको प्रतिवेदनबारे ओली र प्रचण्ड बालुवाटारमा छलफल गर्दै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)द्वारा गठित ६ सदस्यीय कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज बालुवाटारमा छलफल गर्दैछन् । छलफलमा कार्यदलले तयार परोको १६ पृष्ठ लामो प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गर्नेबारे दुई अध्यक्षवीच छलफल हुने भएको हो ।

    नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओली गुटबाट महासचिव पौडेल र शंकर पोखरेल सदस्य थिए भने प्रचण्ड गुटबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।
    त्यस्तै। माधव नेपाल गुटबाट सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा थिए ।

    कार्यदलले निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्न सिफरिस गरेको छ भने सचिवालयको बैठक तत्काल बस्न सकिने सुझाव दिएको छ ।

    आगामि चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न सुझाइएको छ । महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।

    आज हुने दुई अध्यक्षबीचको छलफलले तत्कालै सचिवालय बैठक बोलाउन सक्ने र सरकार हेरफेरका विषयमा छलफल गर्ने बताइएको छ ।

     


    सोमवार, भाद्र ८ २०७७१२:१८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij