Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ट्रम्पकी दिदीको आरोप, 'मेरा भाइ धोकेबाज र झुटा'

ट्रम्पकी दिदीको आरोप, 'मेरा भाइ धोकेबाज र झुटा'

  • सोमवार, भाद्र ८ २०७७

  • 1.1K
    SHARES

  • ट्रम्पकी दिदीको आरोप, 'मेरा भाइ धोकेबाज र झुटा'

    बिबिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी मेरिएन ट्रम्प बेरीले आफ्नो भाइ धोकेबाज र झुटा रहको बताएकी छन् । एक गोप्य रेकर्डिङमा पुुर्व संघीय न्यायाधीस समेत रहेकी मेरिएनले डोनाल्ड ट्रंप धोकेबाजसँगै शिद्धान्त नै नभएको नेता रहेको बताएकी हुन्।

    ट्रंपकी दिदीको यो टिप्पणी ट्रंपकी भतीजी मैरी ट्रंपले रिकर्ड गरेकी थिइन । मैरी ट्रंपले पनि पछिल्लो महिना एक पुस्तक प्रकाशित गरेकी थिइन । जसमा राष्ट्रपति ट्रंपको कड़ा आलोचना गरिएको थियो । गोप्य रुपमा गरिएको रिकर्डिङमा ट्रम्पकी दिदी मेरिएनले उसका बकवास ट्वीट र झुटबाट भगवान बचाओस् यो क्रुरता र धोकेवाजी हो भनेको सुन्न सकिन्छ ।

    राष्टपति ट्रंपकी भतीजी मैरी ट्रंपले भने कानुनी दाउपेचबाट बच्न आफुले गोप्य तरिकाले उक्त रिकर्डिङ गरेको बताइन् । राष्ट्रपति ट्रम्पले आफ्ना बारे दिदी मेरियनले गरेको रहस्योद्घाटन पछि प्रतिक्रिया दिएका छन् । ह्वाइट हाउसले जारी गरेको बयानमा हरेक दिन केहि न केहि भइरहन्छ । यसको कसले वास्ता गर्छ भनिएको छ ।


    सोमवार, भाद्र ८ २०७७१२:०७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij