Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु

  • सोमवार, भाद्र ८ २०७७

  • 840
    SHARES

  • कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु

    विराटनगर । विराटनगरमा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

    बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताउनु भएको छ । उनमा संक्रमण पुष्टि भएपछि हिजो साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको कार्कीले बताउनु भएको छ ।

    मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

     


    सोमवार, भाद्र ८ २०७७०८:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij