काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार(आज) दिउँसो भारत प्रस्थान गर्नुभएको छ।
उहाँ नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो लगाइएको छैन ।
स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहनुभएको छ ।