Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

बाबुराम र उपेन्द्रद्वारा छुट्टाछुट्टै बैठक आह्वान

बाबुराम र उपेन्द्रद्वारा छुट्टाछुट्टै बैठक आह्वान

  • आइतवार, आषाढ २६ २०७९

  • 520
    SHARES

  • बाबुराम र उपेन्द्रद्वारा छुट्टाछुट्टै बैठक आह्वान
    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्।
     
    बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्।
     
    बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, सङ्गठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
     
    छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको उहाँले बताउनुभयो । 
     
    बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेस गर्ने तयारी छ।
     
    यस्तै उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ।
     
    केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ।
     
    ‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उहाँले विज्ञप्ति जारी गर्नुभएको छ । 
     
    जसपा विभाजन उन्मुख छ। संघीय परिषद् अध्यक्ष बाबुराम र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र पक्षबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति भएको थियो । 
     
    जसपाले हालै तीन मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउँदा पनि बाबुरामसँग परामर्श नगरिएको नेताहरूले बताएका छन् । 


    आइतवार, आषाढ २६ २०७९०२:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij