Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीमा गगन थापालाई विश्वप्रकाशको समर्थन

प्रधानमन्त्रीमा गगन थापालाई विश्वप्रकाशको समर्थन

  • आइतवार, आषाढ २६ २०७९

  • 657
    SHARES

  • प्रधानमन्त्रीमा गगन थापालाई विश्वप्रकाशको समर्थन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताउनुभएको छ ।

    अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा थापाको पक्षमा विचार व्यक्त गर्नुभएको हो । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उहाँले बताउनुभयो ।

    सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोली उद्धृत गर्दै भन्नुभयो, ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।’

    महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आउनुभएको छ। कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ ।

    संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आउनुभएको हो । सफल/असफल जुनसुकै परिणाम पनि स्वीकार्नका लागि प्रयास गर्ने उहाँको भनाइ छ ।


    आइतवार, आषाढ २६ २०७९०२:१३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij