Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मेयर बालेन र बाबुरामविच भेटवार्ता, यस्तो छ उनीहरूको निष्कर्ष

मेयर बालेन र बाबुरामविच भेटवार्ता, यस्तो छ उनीहरूको निष्कर्ष

  • शुक्रवार, आषाढ २४ २०७९

  • 1.2K
    SHARES

  • मेयर बालेन र बाबुरामविच भेटवार्ता, यस्तो छ उनीहरूको निष्कर्ष
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गर्नुभएको छ । 
     
    भट्टराई निवासमा पुग्नुभएका बालेनले काठमाडौंको सहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उहाँको सचिवालयले जानकारी दिएको छ ।
     
    छलफलमा महानगरका ढलहरू ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताउनुभएको थियो । 
     
    उहाँले काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाउनुभएको थियो । 
     
    काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले माग्नुभएको थियो । 
     
    भट्टराई काठमाडौं देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरू आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभएको थियो । 
     
    भेटघाटपछि भट्टराईले सामाजिक सञ्जाल टुईटरमा लेख्नुभएको छ । ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श, सफलताको हार्दिक शुभकामना ।’
     
    बाबुरामसँगै उहाँकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी भट्टराई पनि छलफलमा थिए ।


    शुक्रवार, आषाढ २४ २०७९०४:१८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij