Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

च्याम्पियन्स लिगको उपाधिका लागि आज राति पिएसजी र बायर्न भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि आज राति पिएसजी र बायर्न भिड्दै

  • आइतवार, भाद्र ७ २०७७

  • 1.3K
    SHARES

  • च्याम्पियन्स लिगको उपाधिका लागि आज राति पिएसजी र बायर्न भिड्दै

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) र बायर्न म्युनिख भिड्ने भएका छन् । दुवै टोली उपाधिमाथि कब्जा जमाउन आज राति नेपाली समयअनुसार पौने १ बजे भिड्न लागेका हुन् ।

    पोर्चुगलको लिस्बोनमा हुने फाइनलमा फ्रान्सेली क्लब पिएसजी पहिलोपटक र जर्मन क्लब बायर्न छैटौंपटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने दाउका साथ मैदानमा उत्रिने भएका हुन् ।

    जर्मन लिग र कप विजेता बायर्न आज राति पिएसजीविरुद्ध जित निकाल्दै सिजनको सुखद समाप्त गर्ने योजनामा छ ।

    जितका लागि अन्तिम अवस्थासम्म प्रयास गर्ने बायर्नका प्रशिक्षक हान्स फिल्कीले बताएका छन् ।

    बायर्नले अन्तिमपटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बायर्नले यस सिजन च्याम्पियन्स लिगका सबै १० खेल जितेको छ ।

    ‘यो निकै बिशेष खेल हो’ प्रशिक्षक हिन्सीले भनेका छन्, ‘हामीले एक ठूलो पाइला चालेका छौ । टिम उपाधिका लागि सबै चिज दिन तयार छ ।’

    धेरैपटक फाइनल पुगेको बायर्नलाई उपाधि भिडन्तमा भेट्नु आफ्ना लागि थोरै फाइदाको बिषय भएको पिएसजीका प्रशिक्षक थोमस टुचालले बताएका छन् ।

    ‘यो निकै ठूलो चुनौती हो । यद्यपि, उपाधि जित्नका लागि हामी निकै आत्मविश्वासी छौ’ बोरुसिया डर्टमण्डका पूर्वप्रशिक्षकसमेत रहेका उनले भने ।
    सेमिफाइनलको खेलमा मांशपेशीमा समस्या देखिएका बायर्नका जेरेमी बोएटिङलाई फिटनेसको समस्या देखिएको छ ।

    यता, पिएसजीका गोलकिपर केलर नाभास पनि फाइनलमा उपलब्ध हुनेछन् । इन्जुरीका कारण यसअघिका खेलमा उनी सहभागि थिएनन् ।

     


    आइतवार, भाद्र ७ २०७७०४:११:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij