Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री शर्माले नैतिकता देखाएको भन्दै प्रचण्ड मख्ख

अर्थमन्त्री शर्माले नैतिकता देखाएको भन्दै प्रचण्ड मख्ख

  • बिहिवार, आषाढ २३ २०७९

  • 557
    SHARES

  • अर्थमन्त्री शर्माले नैतिकता देखाएको भन्दै प्रचण्ड मख्ख

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभएको छ ।

    आज बसेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै उहाँले अर्थमन्त्रीले आफूले केही नगरेको बताएको र त्यसपछि राजीनामा दिएकाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभयो ।

    संसदमा कुरा उठेपछि पूर्वअर्थमन्त्री शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । छानबिनको लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । यो एउटा राजनीतिक संस्कारको विकास गर्ने प्रक्रियाको कडी हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो।

    तर, प्रतिपक्षले यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने भन्दै उहाँले कार्यकर्तालाई यसलाई नयाँ तरिकाबाट लैजानुपर्ने बताउनुभयो । 


    बिहिवार, आषाढ २३ २०७९०१:२५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij