Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण बढ्दै, एकै दिन १ सय १३ जनामा पुष्टि

कोरोना संक्रमण बढ्दै, एकै दिन १ सय १३ जनामा पुष्टि

  • बुधवार, आषाढ २२ २०७९

  • 751
    SHARES

  • कोरोना संक्रमण बढ्दै, एकै दिन १ सय १३ जनामा पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेको छ । आज थप १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।जसमध्ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।
    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५५७ पुगेको छ ।

    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो।

    यसैगरि,ओमिक्रोनको नयाँ भेरियन्ट पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । 

     


    बुधवार, आषाढ २२ २०७९०७:०२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij