Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीको राजीनामा माग्दै युथ कांग्रेस नेपालद्वारा सिंहदरबार गेटमा प्रदर्शन

अर्थमन्त्रीको राजीनामा माग्दै युथ कांग्रेस नेपालद्वारा सिंहदरबार गेटमा प्रदर्शन

  • बुधवार, आषाढ २२ २०७९

  • 600
    SHARES

  • अर्थमन्त्रीको राजीनामा माग्दै युथ कांग्रेस नेपालद्वारा सिंहदरबार गेटमा प्रदर्शन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युथ कंग्रेस नेपालले सिंहदरबार प्रवेशद्धारमा प्रदर्शन गरेको छ ।

    प्रदर्शन सुरु गर्ने वित्तिकै प्रहरीले झण्डै एक दर्जन प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई अहिले महानगरिय प्रहरी कार्यालय सिंहदरबार अनामनगरमा हिरासतमा राखिएको छ ।

    प्रदर्शनमा सहभागीले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग राख्दै प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरुले अर्थमन्त्रीले राज्यको ढुकुटीमाथी खेलवाड गरेको र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका थिए ।

    प्रहरीले युथ काँग्रेसका मनोज पुरी, विनोद देउवा, किरण खनाल, प्रकाश मल्ल, साजन लामा, दिनेश कार्की, रामकृष्ण रिजाल, मणिराज कटुवाल, अनिल पौडेल लगायतलाई प्रक्राउ गरेको हो ।

    अर्थमन्त्रीले सरकारको बार्षिक बजेटलाई अन्तिम रुप दिने बेलामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र त्यसको सिसिटिभी फुटेज देखाउन माग गर्दा डिलिट भइसकेको जवाफ दिएपछि उहाँको सर्वत्र विरोध भएको छ ।

    उहाँले तत्काल राजीनामा दिनुपर्ने माग सत्तारुढ दलकै नेताहरुसँगै प्रमुख प्रतिपक्षी एमालेलगायतले गरेका छन् ।

    291981537_1524942034602061_2884470679571735233_n.jpg


    बुधवार, आषाढ २२ २०७९०१:४६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij