काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोध समेत गरेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर, मिर्गौला बिरामी, शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्त केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले बताउनुभएको छ ।