Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शाही मृत्यु प्रकरण : अछाम सदरमुकाम तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

शाही मृत्यु प्रकरण : अछाम सदरमुकाम तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

  • सोमवार, आषाढ २० २०७९

  • 925
    SHARES

  • शाही मृत्यु प्रकरण : अछाम सदरमुकाम तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
    काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् ।
     
    उनीहरूले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मङ्गलसेनमा तनाव भएको छ ।
     
    प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले अभियुक्तलाई अदालत पेस गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको बताउनुभयो । 
     
    ‘उहाँहरूले सम्मानित अदालत र सरकारी वकिल कार्यालय घेराउ गर्न खोजेपछि तनाव सिर्जना भएको हो,’ डाँगीले भन्नुभयो, ‘हामीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास र हवाई फायर गरेका छौँ ।’ त्यस क्रममा केही घाइते भएका छन् ।
     
    पीडित पक्षले सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको आरोप लगाएको छ । तर ढुङ्गानाले आरोप अस्वीकार गरेका छन् । गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए ।
     
    शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।


    सोमवार, आषाढ २० २०७९०२:१७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij