Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

यस्तो रहेछ वामदेवलाई कारबाही गर्ने कारण, कथाले लियो नयाँ मोड

यस्तो रहेछ वामदेवलाई कारबाही गर्ने कारण, कथाले लियो नयाँ मोड

  • आइतवार, आषाढ १९ २०७९

  • 813
    SHARES

  • यस्तो रहेछ वामदेवलाई कारबाही गर्ने कारण, कथाले लियो  नयाँ मोड
    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले आफ्नो समूहमाथि सुरक्षा ‘थ्रेट’ आएको दाबी गर्नुभएको छ ।  
     
    साथै उहाँले आफ्नो राजीनामा सचिवालय सदस्यबाट मात्रै राजीनामा गरेको तर केन्द्रीय सदस्य कायमै रहेकाले गौतमलाई कारबाही गरेको स्पष्टीकरण दिनुभएको छ ।  
     
    ‘हिजो शनिबारबाटै म लागयतका हाम्रो टिमका चारजना साथीहरूमाथि सुरक्षा थ्रेट आयो, अपहरण गर्ने सम्मको धम्की आएको छ’, यसबारे प्रधानमन्त्रीको कार्यालयमा पनि जानकारी गराइसकेका छौ, ‘आज गृहमन्त्रालय गएर निवेदन पनि दिँदैछौ’, गौतमलाई हटाएर संयोजक तोकिएका सफलले बताउनुभयो । 
     
    उहाँले ओम चालिसे भन्ने व्यक्तिले सचिवालय सदस्य कृष्णगोपाल बञ्जरालाई शनिबार स्वयम्भूमा भेटेर त्यस्तो धम्की दिएको युवराज सफलको दाबी छ । 
     
    गौतम नेतृत्वको अभियानमा सामेल रहेका सफल सहितका नेताहरूले शनिबार छुट्टै भेला गरेर विभिन्न आरोप लगाउँदै निष्कासन गरेको घोषणा गरेका थिए । तर, गौतम पक्षले भने सफलले अभियानबाट राजीनामा गरिसकेकाले उहाँले गरेको कारवाहीको कुनै अर्थ नरहने दाबी गरिसकेको छ ।


    आइतवार, आषाढ १९ २०७९०२:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij