Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना  जोखिम भत्ता माग्दै भीम अस्पतालका कर्मचारीद्वारा ओपीडी सेवा बन्द 

कोरोना  जोखिम भत्ता माग्दै भीम अस्पतालका कर्मचारीद्वारा ओपीडी सेवा बन्द 

  • आइतवार, आषाढ १९ २०७९

  • 371
    SHARES

  • कोरोना  जोखिम भत्ता माग्दै भीम अस्पतालका कर्मचारीद्वारा ओपीडी सेवा बन्द 
    काठमाडौं । कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरूले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरूले आज बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन् ।
     
    संघर्ष समिति गठन गरी दुई साता अघि नै पत्रकार सम्मेलन गरेर जोखिम भत्ता नपाए असार १६ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएका स्वास्थ्यकर्मीहरूले शनिबारदेखि अस्पतालमा अनिश्चिकालिन धर्ना समेत सुरु गरेका छन् ।
     
    अस्पतालमा सेवा बन्द गरेर आन्दोलन गर्न नपाइने कानुन विपरीत स्वास्थ्यकर्मीको आन्दोलनले उपचारका लागि पुगेका बिरामीहरू मारमा परेका छन् । संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले आन्दोलन घोषणा गरेको १२ दिन बढी भइसक्दा पनि सरकारले कुनै चासो नदिएको हुँदा दबाबका लागि ओपीडी सेवा ठप्प पारेको बताउनुभयो ।
     
    माग पुरा नभए आन्दोलन देशव्यापी बनाउने उहाँको दाबी छ । उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । भीम अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् ।


    आइतवार, आषाढ १९ २०७९१२:४५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij