Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  • शनिवार, आषाढ १८ २०७९

  • 813
    SHARES

  • आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
    काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।
     
    शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नम्बर १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान् तिलक मल्लिकलाई पक्राउ गरेको छ ।
     
    शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । ‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरूको घर पनि जलेको छ’ उहाँले भन्नुभयो ।
     
    आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार उनीहरूको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरू दुई जनामात्र बसोबास गर्थे ।
     
    बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ ।
     


    शनिवार, आषाढ १८ २०७९०२:५५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij