Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गठबन्धनको एक स्वर

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गठबन्धनको एक स्वर

  • शनिवार, आषाढ १८ २०७९

  • 853
    SHARES

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गठबन्धनको एक स्वर
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय निर्माण हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । 
     
    निर्माणाधीन विमानस्थलको अवलोकनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । यो विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने भएकोले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताउनुभयो । यस विमानस्थल निर्माणप्रति सरकारले देखाएको चासोलाई आफूले सकारात्मक रूपमा लिएको प्रचण्डले बताउनुभएको छ ।
     
    त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको बताउनुभयो । सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा नेपालले जोड दिनुभएको छ । 
     
    त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादवले ५०, ६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । यस विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्ने यादवको भनाइ थियो । 
     
    सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गरेका हुन् । सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ पुगेका थिए ।
     


    शनिवार, आषाढ १८ २०७९०१:५६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij