Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल छ : रामचन्द्र पौडेल

आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल छ : रामचन्द्र पौडेल

  • बिहिवार, आषाढ १६ २०७९

  • 1.1K
    SHARES

  • आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल छ : रामचन्द्र पौडेल
    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । 
     
    ६४ औ संसद् सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’
     
    उहाँले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गर्नुभयो । उहाँले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उहाँले भन्नुभयो, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’
     
    कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उहाँको आरोप छ ।


    बिहिवार, आषाढ १६ २०७९०२:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij