Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी

  • बुधवार, आषाढ १५ २०७९

  • 665
    SHARES

  • स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ । 
     
    आज महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो । उहाँले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । 
     
    उहाँले आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्त्वपूर्ण सुझाव दिनुपर्ने बताउनुभयो । 
     
    उहाँले संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने बताउनुभयो ।  राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने बताउनुभएको छ । 
     


    बुधवार, आषाढ १५ २०७९०५:३७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij