काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक बुधबार(आज) वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट आएको नेप्से परिसूचक आज वृद्धि भएर कारोबार बन्द भएको हो ।
आज नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर ४१ अंकले बढ्यो, १ अर्ब ४३ करोडको कारोबार १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भएसँगै कारोबार रकममा पनि केही सुधार भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटेल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
आज नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, वरुण हाइड्रोपावरको शेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर बजार ४१ अंकले बढ्यो, १ अर्ब ४३ करोडको कारोबार खरिदबिक्री गरेर ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ । एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।