Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्लोभाकिया पठाइदिने भन्दै ५ लाख ठगी, १ जना पक्राउ

स्लोभाकिया पठाइदिने भन्दै ५ लाख ठगी, १ जना पक्राउ

  • मंगलवार, आषाढ १४ २०७९

  • 629
    SHARES

  • स्लोभाकिया पठाइदिने भन्दै ५ लाख ठगी, १ जना पक्राउ
    काठमाडौं । कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
     
    पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको सामाखुसी बस्ने ३२ वर्षका इन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 
     
    उनले स्लोभाकिया जानका लागि ९ लाख रुपैयाँ लाग्छ र १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भन्दै नवलपुरको कावासोती घर भई काठमाडौं बस्ने रोशन भण्डारीसहित ३ जनासँग ५ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ ।
     
    पक्राउ परेका पछाईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगारी विभागमा पठाएको प्रहरीले जनाएको छ ।


    मंगलवार, आषाढ १४ २०७९०५:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij