Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको प्रचण्डको तर्क

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको प्रचण्डको तर्क

  • सोमवार, आषाढ १३ २०७९

  • 853
    SHARES

  • एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको प्रचण्डको तर्क
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको टिप्पणी गर्नुभएको छ । 
     
    सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको बताउनुभयो । 
     
    उहाँले एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणालाई डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको रुपमा व्याख्या गर्नभयो ।
     
    ‘एउटा परिस्थितिमा १२ बुँदे बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । यहाँ कुनै लुकीछिपी छैन । तर एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन’ उहाँले भन्नुभयो । 


    सोमवार, आषाढ १३ २०७९०७:०२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij