Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने निवर्तमान श्रममन्त्री श्रेष्ठको भनाइ

सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने निवर्तमान श्रममन्त्री श्रेष्ठको भनाइ

  • सोमवार, आषाढ १३ २०७९

  • 564
    SHARES

  • सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने निवर्तमान श्रममन्त्री श्रेष्ठको भनाइ

    काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताउनुभएको छ ।

    आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय त छँदैछु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्कोपटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठूलो कुरो होइन ।’

    यस्तै उहाँले मन्त्रालयबाट विदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउनुभयो । चर्को स्वरमा बोल्ने आफ्नो स्वभाव रहेको बताउँदै निवर्तमान श्रेष्ठले कसैको चित्त दुखेको भए आजैदेखि भुलिदिन आग्रह समेत गर्नुभयो ।


    सोमवार, आषाढ १३ २०७९११:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij