Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ९५ अंकको छलाङ, कारोबार रकम पनि २ अर्ब १९ करोड पुग्यो

सेयर बजारमा ९५ अंकको छलाङ, कारोबार रकम पनि २ अर्ब १९ करोड पुग्यो

  • आइतवार, आषाढ १२ २०७९

  • 705
    SHARES

  • सेयर बजारमा ९५ अंकको छलाङ, कारोबार रकम पनि २ अर्ब १९ करोड पुग्यो
    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले ९५ अंकको छलाङ मारेको छ । नेप्से ९४.९ अंक (५.१ प्रतिशत)ले बढेर १९५६ अंकमा कायम भएको छ । कारोबार रकम पनि २ अर्ब १९ करोड पुगेको छ । 
     
    सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र व्यापार उपसमूह १२१ अंकले बढेका छन् ।
     
    झण्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंक, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशत बढेको छ । 
     
    हिमाल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रिन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, ङादी ग्रुप, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका  छन् ।


    आइतवार, आषाढ १२ २०७९०३:३८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij