Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

  • आइतवार, आषाढ १२ २०७९

  • 625
    SHARES

  • काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ
    काठमाडौं । प्रहरीले काठमाडौं मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
     
    काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरमा हतियारसहितका व्यक्ति रहेको सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेकोa हो।
     
    प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, धोबीचौर घर भई काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विकलाई उक्त हतियार र गोलीसहित नियन्त्रणमा लिएको हो ।
     
    उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, त्यसको गोली एक थान,  खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद भएको प्रहरीले जानकारी दिएको छ। 
     
    उनीहरूमाथि मुलुकी अपराध संहिता अनुसार प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    आइतवार, आषाढ १२ २०७९०१:१७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij