काठमाडौं । काठमाडौंमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानरभरि ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।
सोमबार(भोलि)बाट ललितपुर महानगरपालिकाभरि ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । यसबारे महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभएको छ । उहाँले अर्को निर्णय जारी नभएसम्म महानगरभरि ठेलामा पानीपुरी बेच्न नपाइने बताउनुभयो ।
हाछेथुले आइतबार(आज) दिनभरि ठेलामा पानीपुरी बेच्नेहरूलाई ‘यसो नगर’ भनेर सम्झाउने र भोलिबाट भने पूर्ण रुपमा ठेलामा पानीपुरी बेच्न प्रतिबन्ध लगाइने जानकारी दिनुभयो ।