Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

घट्यो गाडी भाडा, कुन रुटमा कति? (भाडादरसहित)

घट्यो गाडी भाडा, कुन रुटमा कति? (भाडादरसहित)

  • आइतवार, आषाढ १२ २०७९

  • 1.1K
    SHARES

  • घट्यो गाडी भाडा, कुन रुटमा कति? (भाडादरसहित)
    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।  इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढीले घटेकासँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।
     
    शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात् १५.१० प्रतिशत घटेको थियो । सो अनुरूप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।
     
    त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत् रहनेछ ।
     
    विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ ।
     
    यस्तो छ नयाँ भाडादर:


    आइतवार, आषाढ १२ २०७९१२:१९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij