Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध  

एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध  

  • शुक्रवार, आषाढ १० २०७९

  • 900
    SHARES

  • एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध  
    काठमाडौं । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो ।
     
    महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो।
     
    शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरूको सहभागिता नहुने बताउनुभयो ।  एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको छ ।
     
    मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताएका थिए । महानगरको नम्बर नघटोस् भनेर 'लिजा' (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो'ु मेयर आचार्यले भन्नुभएको थियो ।
     
    यस विषयमा उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो भन्दै प्रश्नसमेत गर्नुभएको थियो । 
     
     


    शुक्रवार, आषाढ १० २०७९०६:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij