Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जनकपुरधामसहित मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व मनाइँदै

जनकपुरधामसहित मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व मनाइँदै

  • शनिवार, भाद्र ६ २०७७

  • 1.4K
    SHARES

  • जनकपुरधामसहित मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व मनाइँदै

    जनकपुरधाम । आस्था एवं निष्ठापूर्वक मनाईने चौठचन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा मनाइँदै छ।

    मिथिलाञ्चलमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक हो चौरचन पर्व। भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। मिथिलाञ्चलमा यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए।

    उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिष समेत थिए। चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने भनिन्थ्यो त्यसपछि मिथिलाञ्चलमा घर–घरमा यो पर्व मनाउन थालियो ।

    चौठचन्द्र पर्व जनकपुरधाम सहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन्।

    भदौ शुक्ल चौथीका दिन मनाइँने चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माँझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ।

    यस पर्वमा प्रसादको रुपमा दही, खजुर, पिरिकिया, खाजा, नारिवल, खिरा, स्याउ, केरा, केराउ आदि रहेको हुन्छ।

    यस पटक कोरोनाको कारण प्रदेश २ को जिल्लाहरुमा निषेधाज्ञा तथा लकडाउन रहेकोले फलफुल खरिदमा समस्या भएको छ। पहिलेको तुलनामा फलफुलको मूल्य ह्वातै बढेको जनकपुरधाम वडा नं. ४ का रमेश साहले बताए।


    शनिवार, भाद्र ६ २०७७०७:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij