Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

  • शुक्रवार, आषाढ १० २०७९

  • 639
    SHARES

  • एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ ।

    एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
    केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो ।

    शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

    आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।

    बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय तिन हप्ता पुग्दासम्म पनि कार्यान्वयन हुनसकेको छैन ।

     


    शुक्रवार, आषाढ १० २०७९०९:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij