Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रामचन्द्रको ‘रनभुलैमा’ सुभेक्षाको अभिनय (भिडियोसहित)

रामचन्द्रको ‘रनभुलैमा’ सुभेक्षाको अभिनय (भिडियोसहित)

  • बिहिवार, आषाढ ९ २०७९

  • 805
    SHARES

  • रामचन्द्रको ‘रनभुलैमा’ सुभेक्षाको अभिनय (भिडियोसहित)

    काठमाडौं । लोक तथा दाहोरी गायक रामचन्द्र चन्दको असारे गीत ‘रनभुलैमा’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक चन्द र गायिका पवित्रा सर्तुंगे मगरको स्वर रहेको छ ।

    गीतमा प्रदिप प्रखर पोखरेलको शब्द रहेको छ भने गायक स्वयम् चन्दको संगीत रहेको छ । बर्खाको यामललाई कृषकको लागि निकै महत्वपूर्ण र विशेष समय मानिन्छ । मानो रोपी मुरी फलाउने यस बेलामा खेतमा धान रोप्ने अनि त्यहि रोपाइको बेलामा नाचगान समेत गर्ने गरिन्छ । यसलाई नेपालीको मौलिक संस्कृतिका रुपमा पनि लिने गरिन्छ ।

    बर्खाको सिजनमा धान रोप्नेमात्रै नभएर एकआपसको प्रेम र सद्भावहरु पनि साटासाट गर्ने गरिन्छ । काठमाडौंको सुनाकोठीमा छायांकन गरिएको उक्त गीतमा पनि एकअर्काको प्रेमलाई विशेष कथा बनाएर धान रोपाइँको बेलामा प्रस्तुत गरिएको छ । कलाकार सुभेक्षा रेग्मी, सन्जय पोखरेलको मुख्य भुमिका रहेको छ ।

    यस्तै भिडियोमा हरी कृष्ण राजथला, नुर भण्डारीको पनि अभिनय देख्न सकिन्छ । गीत गायक चन्दकै अफिसियल युट्युवमार्फत हेर्न सकिन्छ ।

     

     


    बिहिवार, आषाढ ९ २०७९११:४७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij