काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक संसदमा अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ ।
सत्ता गठबन्धनको आज बुधवार अपराह्न बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले विधेयक अगाडि बढाउन प्रस्ताव गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल भएको र विधेयक अगाडि बढाउन अग्रसरता लिने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकमा शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पु¥याउनका निम्ति पनि छलफल केन्द्रित भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
समग्रमा नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने बारेमा छलफल भएको मन्त्री काकीको भनाइ छ ।बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण भएको थियो।