काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई परिवर्तन गर्ने विषयमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
आज बसेको सचिवालय बैठकले मन्त्री हेरफेरमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताउनुभयो । आफ्नो पार्टीको निर्णयलाई सरकारले किन कार्यान्वयन गर्न सकेन भन्दै खनालले प्रश्न पनि गर्नुभयो ।
पार्टीको निर्णयलाई सरकारले अहिलेसम्म कार्यान्वयन नगर्नु दुर्भाग्य भएको खनालको भनाइ छ । बजेट पारित हुञ्जेलसम्म आफूहरुले कुरेको बताउँदै नेता खनालले प्रधानमन्त्री देउवालाई यो निर्णयमा नखेल्न आग्रह गर्नुभयो ।