Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

  • बुधवार, आषाढ ८ २०७९

  • 698
    SHARES

  • रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ ।

    बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् ।

    उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।


    उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उहाँले बताउनुभयो। लामिछानेले गठन गरेको नयाँ पार्टीको नाममा स्वतन्त्र शब्द परेको भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट आपत्ति जनाउँदै आएका छन् ।


    बुधवार, आषाढ ८ २०७९१२:५७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij