Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न प्राधिकरणको चेतावनी 

वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न प्राधिकरणको चेतावनी 

  • मंगलवार, आषाढ ७ २०७९

  • 841
    SHARES

  • वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न प्राधिकरणको चेतावनी 
    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।
     
    संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भन्नुभयो, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’
     
    यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।
     
    प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।


    मंगलवार, आषाढ ७ २०७९०५:०९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij