Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद्‌मा सरकारको जवाफ : आपूर्ति सहज बनाइराख्न इन्धनमा मूल्यवृद्धि बाध्यता

संसद्‌मा सरकारको जवाफ : आपूर्ति सहज बनाइराख्न इन्धनमा मूल्यवृद्धि बाध्यता

  • मंगलवार, आषाढ ७ २०७९

  • 629
    SHARES

  • संसद्‌मा सरकारको जवाफ : आपूर्ति सहज बनाइराख्न इन्धनमा मूल्यवृद्धि बाध्यता
    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइराख्न मूल्यवृद्धि गरिएको जवाफ दिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सोमबार सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठकमा जवाफ दिन उपस्थित भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आपूर्ति सहज बनाइराख्न पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताउनुभयो।
     
    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा आयल निगमलाई जेठ मसान्तसम्म करिब ५० अर्ब रुपैयाँ घाटा हुन गएको उहाँले बताउनुभयो। बडूले इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने २२ अर्ब रुपैयाँ हाल बक्यौता रहेको पनि बताउनुभयो।
     
    प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद्हरुले पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै सरकारको जवाफ माग गरेका थिए। सोही अनुसार सभामुख अग्निप्रसाद सापकोटाले जवाफका लागि रुलिङ गर्नुभएको थियो । बडूले आजको बैठकमा जवाफ दिनुभएको हो।


    मंगलवार, आषाढ ७ २०७९०१:५२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij