Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद्‌मा एमालेको प्रश्न : प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् ?

संसद्‌मा एमालेको प्रश्न : प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् ?

  • सोमवार, आषाढ ६ २०७९

  • 936
    SHARES

  • संसद्‌मा एमालेको प्रश्न : प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् ?
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्‌ सचिवालयमा दर्ता भएको महाअभियोग कहिले अघि बढ्छ भन्दै संसद्‌मा प्रश्न गरेको छ। 
     
    प्रतिनिधिसभाको सोमबार(आज)को बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद लालबाबु पण्डितले महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् भनेर प्रश्न गर्नुभयो । प्रतिनिधिसभाले गठन गरेको संसदीय महाभियोग सिफारिस समितिका सदस्यसमेत रहेका पण्डितले महाभियोग सिफारिस  अगाडि नबढ्नुको कारण र त्यसमा सभामुखको धारणाबारे प्रश्न गर्नुभएको छ । 
     
    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।
     
    त्यसरी समितिलाई कामविहीन बनाउँदा संविधानमा रहेको महाभियोगको व्यवस्थाको दुरुपयोग हुने पण्डितको भनाइ थियो । उहाँले सर्वोच्च अदालतलगायत संवैधानिक संस्थाहरूमाथि महाभियोगको नकारात्मक प्रभाव पर्ने बताउनुभएको छ ।
     
    महाभियोग छानबिन समितिमा जबराविरुद्धको महाभियोग नपठाउने हो भने समितिको औचित्य के हो भनेर पण्डितले प्रश्न गर्नुभयो । समितिलाई जिम्मेवारीविहीन बनाउन नहुने उहाँको भनाइ छ।


    सोमवार, आषाढ ६ २०७९०२:११:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij