Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सैनिक भर्तीको ‘अग्निपथ’ योजनाको विरोधमा भारत बन्द

सैनिक भर्तीको ‘अग्निपथ’ योजनाको विरोधमा भारत बन्द

  • सोमवार, आषाढ ६ २०७९

  • 675
    SHARES

  • सैनिक भर्तीको ‘अग्निपथ’ योजनाको विरोधमा भारत बन्द

    एजेन्सी । सैनिक भर्तीसँग सम्बन्धित भारत सरकारको नयाँ ‘अग्निपथ’ योजनाको विरोधमा सोमबार(आज) विभिन्न संगठनहरुले भारत बन्दको घोषणा गरेका छन्। यसमा लोक सभाको प्रमुख विपक्षी दल भारतीय कांग्रेसको समेत समर्थन छ।

    भारतमा रेलवेलगायत सार्वजनिक प्रतिष्ठानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। बन्दका कारण देशभरमा ४९१ रेल प्रभावित भएका छन्। २० जिल्लामा त इन्टरनेट सेवा समेत अवरुद्ध पारिएको छ।

    विपक्षी दल भारतीय कांग्रेसले आजै जन्तरमन्तरमा सत्याग्रह गरिने र बेलुककी पाँच बजे राष्ट्रपतिलाई भेटेर योजना फिर्ता लिन माग गर्ने जनाएको छ।


    सोमवार, आषाढ ६ २०७९१२:४३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij