Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सबै पूर्वमाओवादी एक ठाउँमा आउने प्रक्रिया नजिक छः प्रचण्ड

सबै पूर्वमाओवादी एक ठाउँमा आउने प्रक्रिया नजिक छः प्रचण्ड

  • आइतवार, आषाढ ५ २०७९

  • 638
    SHARES

  • सबै पूर्वमाओवादी एक ठाउँमा आउने प्रक्रिया नजिक छः प्रचण्ड
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताउनुभएको छ ।
     
    आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले पूर्व माओवादीहरूको नयाँ एकताको श्रृंखला नजिकिएको बताउनुभएको हो । 
     
    उहाँले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गर्नुभयो। प्रचण्डले कर्मचारीहरू भित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताउनुभएको छ । 
     
    प्रचण्डले कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको बताउनुभयो। 
     
     
      


    आइतवार, आषाढ ५ २०७९१२:४८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij