Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एसपीपीबारे सत्ता गठबन्धनका नेताहरू छलफलमा

एसपीपीबारे सत्ता गठबन्धनका नेताहरू छलफलमा

  • आइतवार, आषाढ ५ २०७९

  • 692
    SHARES

  • एसपीपीबारे सत्ता गठबन्धनका नेताहरू छलफलमा

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।

    बैठकमा समसामयिक राजनीतिक तथा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल हुने बताइएको छ ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव लगायत सहभागी छन् ।

    प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेताहरू प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् । 

    प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकले समेत प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा कुनैपनि विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिएको थियो ।


    आइतवार, आषाढ ५ २०७९१२:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij