Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चुनाव लड्न रवि लामिछानेले छोडे  ग्यालेक्सी टिभी, यो क्षेत्रबाट दिँदैछन् उम्मेदवारी !

चुनाव लड्न रवि लामिछानेले छोडे  ग्यालेक्सी टिभी, यो क्षेत्रबाट दिँदैछन् उम्मेदवारी !

  • बिहिवार, आषाढ २ २०७९

  • 2.4K
    SHARES

  • चुनाव लड्न रवि लामिछानेले छोडे  ग्यालेक्सी टिभी, यो क्षेत्रबाट दिँदैछन् उम्मेदवारी !
    काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने घोषणा गर्दै ग्यालेक्सी टेलिभिजन छाडेका छन् ।
    आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टिभी छाडेका हुन् ।
     
    बिहीबार(आज) खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।
     
    टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । आज बेलुका प्रसारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।
     
    उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।
     
    अध्यक्ष नेपाल यस पटक रौतहटबाट चुनाव लड्ने सम्भावना भए पनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।
     
     


    बिहिवार, आषाढ २ २०७९०१:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij