काठमाडौं । सरकारले एसपीपीबारे कुनै प्रस्ताव नआएको जनाएको छ । बुधबार(आज) प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले त्यस्तो प्रस्ताव नआएको आएको भन्दै सरकारलाई बदनाम गराउने खेल भएको जिकिर गर्नुभयो ।
“नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि इन्भाइट गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा गलत हो । सरासर झुटा हो । सरकारलाई बदनाम गराउने खेल मात्रै हो,” उहाँले भन्नुभयो ।
उहाँले अमेरिकी सेना नेपालको अनुमतिबिना यहाँ आउन नसक्ने पनि बताउनुभयो ।