काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले तीज मनाउदा स्वास्थ्य मापदण्डपालना गर्न सवै महिलाहरुलाई आह्वान गर्नुभएको छ । कोरोनाको खतरा दिनप्रतिदिन बढ्दै गएकाले घरमै बसेर तीज मनाउनु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
स्वास्थ्यको ख्याल गरेर मात्र ब्रत बस्न, स्वास्थ्यमा समस्या हुने भएमा ब्रत नबस्न आग्रह गर्दै उहाँले घरमै नाच्न, गाउन र रमाइलो गर्न सुझाव पनि दिनुभएको छ । काँग्रेस सांसद तथा केन्द्रीय सदस्य समेत रहनु भएकी डा संग्रौलाले आफ्नो स्वास्थ्यमा खासै समस्या नरहेकोले आज आफु पनि ब्रत बस्ने जानकारी दिनुभयो ।
उहाँले कोरोना विरुद्ध लडिरहेकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्ने ब्रत बस्न लागेको बताउनुभयो । उहाँले तीजलाई महिला शसक्तिकरण, स्वतन्त्रता, पारिवारिक सम्वन्ध बलियो बनाउने अवसरका रुपमा उपयोग गर्नु पर्नेमा पनि जोड दिनुभयो ।
महिलाहरु सशक्त हुदै गएमा आरक्षणमा मात्र सिमित हुनु नपर्ने बताउदै उहाँले हरेक ठाउँको नेतृत्वमा पुग्ने अठोट पनि महिलाहरुले गर्नुपर्ने बेला भएको बताउनुभयो ।
उहाँले काँग्रेसको महाधिवेशन आगामी फागुनमा तोकिएपनि समयमा हुने संभावना भने कम देखिएको जानकारी दिनुभयो । महाधिवेशनको तालिका अनुसारको काम हुन नसकेकाले महाधिवेशन सर्ने संभावना बढीरहेको र चाडै नै केन्द्रीय समितिले नयाँ मितिका बारेमा निर्णय गर्ने उहाँको भनाई छ ।