Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

  • मंगलवार, जेठ ३१ २०७९

  • 769
    SHARES

  • स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन
    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ।
     
    मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मिना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन्।
     
    घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले इप्रका अगाडि प्रदर्शन गरेका छन्।
     
    मन्त्री वलीलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राखेको छ। ‘उहाँ (वली) प्रहरीको नियन्त्रणमा हुनुहुन्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भन्नुभयो ।
     
    इप्रका बाहिर स्थानीय महिलाहरूले राज्यमन्त्री वलीमाथि कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन्।
     
    स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ लगिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी छ।
     
    ‘दुवै पक्षलाई राखेर छलफल गर्ने, थप कुरा बुझ्ने भन्ने थियो। तर तुलसीपुरमा प्रदर्शनले गर्दा छलफलको वातावरण बनेन,’ एक प्रहरीले भने, ‘अब उहाँलाई जिल्ला लगिएको छ। उहाँविरूद्ध जाहेरी दिने वा बुझ्ने कुरा उतै होला।’


    मंगलवार, जेठ ३१ २०७९०१:३४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij