Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

  • सोमवार, जेठ ३० २०७९

  • 545
    SHARES

  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने पार्टीका नेता विशाल भट्टराईले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारीलगायतका समसामयिक विषयमा छलफल हुने नेता भट्टराईले बताउनुभयो ।

    एमालेले चुनाव भएका ७५२ पालिकामध्ये २०५ पालिकामा प्रमुख जितेको थियो। बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषय पनि बैठकको छलफलका विषय छन्।

    साथै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आजकै सचिवालयको बैठकमा पेस गरिनेछ।


    सोमवार, जेठ ३० २०७९०७:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij