Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भक्तपुरमा एक पुरुषको हत्या, केही व्यक्ति प्रहरी नियन्त्रणमा

भक्तपुरमा एक पुरुषको हत्या, केही व्यक्ति प्रहरी नियन्त्रणमा

  • आइतवार, जेठ २९ २०७९

  • 842
    SHARES

  • भक्तपुरमा एक पुरुषको हत्या, केही व्यक्ति प्रहरी नियन्त्रणमा
    कमाठमाडौं । भक्तपुरमा एक जना पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। 
     
    आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधीन टहरामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो। प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो। 
     
    मृतक मध्यपुर थिमी–८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन्। उनको टाउकोमा चोट लागेको देखिएको छ। 
     
    ‘काठको फर्माले टाउकोमा हिर्काएर हत्या गरेको जस्तो देखिन्छ। घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ,’ उनले भने,‘अहिले नै के भएको हो भन्ने खुलिसकेको छैन।’
     
    उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना राति नै भएको देखिन्छ। तर कतिबेला भएको हो भन्ने यकिन खुलिइसकेको छैन।
     
    प्रहरी वृत्त थिमीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। शवको पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ। 


    आइतवार, जेठ २९ २०७९०३:१८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij