काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको हो । आज साँझ ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
कोभिड १९ संक्रमितको संख्या बढदै गएपछि यसबारे थप रणनीति बनाउन मन्त्रिपरिषद डाँकिएको बताइएको छ । चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गर्दा संक्रमित र मृतक संख्या बढेपछि सरकारले आवतजावतमा कडाइ गर्ने रणनीति अपनाएको छ । विभिन्न जिल्लामा निषेधाज्ञा लगाएर मानिसहरुको आवतजावतमा कडाइ गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले बिहीवारबाट निषेधाज्ञा लगाएपछि जनजीवन ठप्प बनेको छ । निषेधाज्ञा उल्लघन गर्नेहरुलाई प्रहरीले उपत्यकाका विभिन्न ठाँउमा कारबाही समेत गरेको छ ।