Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकारले गर्न सक्ने सामान्य सुधार पनि नगरेकाले अरबौँ घाटा भयो : अम्बिकाप्रसाद पौडेल

सरकारले गर्न सक्ने सामान्य सुधार पनि नगरेकाले अरबौँ घाटा भयो : अम्बिकाप्रसाद पौडेल

  • शनिवार, जेठ २८ २०७९

  • 860
    SHARES

  • सरकारले गर्न सक्ने सामान्य सुधार पनि नगरेकाले अरबौँ घाटा भयो : अम्बिकाप्रसाद पौडेल

    काठमाडौं । सरकारले नीतिगत स्थिरता कायम गर्ने र विगतका प्रतिवद्धता तथा सम्झौताहरू कार्यान्वयन गरे पुँजीबजारमा धेरै सुधार हुने लगानीकर्ताहरूले बताएका छन् ।

    विगतमा पनि पटक पटक सहमति र सम्झौता भएको र त्यसको कार्यान्वयन नभएकोले पुँजीबजारका लगानीकर्ताहरु पटक पटक आन्दोलनमा उत्रिनु परेको नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको भनाई छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले पुराना सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्नुको सट्टा सरकारी निकायले नयाँ समस्या सृजना गरेको आरोप पनि लगाउनु भयो ।

    सरकारी अधिकारीहरुले गलत नीति लिने, गलत निणर्यहरु गर्ने, गैरजिम्मेबार अभिव्यक्ति दिने गरेकाले पनि पूँजीबजारमा नकारात्मक असर परेको उहाँले बताउनुभयो ।

    सरकारी अधिकारीहरुले पुँजीबजार क्षेत्र पनि ठूलो र महत्वपूर्ण आर्थिक क्षेत्र हो भन्ने स्विकार्न वा बुझ्न नसकेकाले पनि समस्या आएको अध्यक्ष पौडेलको भनाई छ ।

    पुँजीबजारमा परेको नकारात्मक असरले ठूला लगानीकर्तालाई मात्रै नभई लाखौँ साना लगानीकर्ता र सरकारलाई समेत ठूलो घाटा भइरहेको उहाँले जानकारी दिनुभयो ।

    “देशभरी अहिले पुँजीबजारका २५ लाख लगानीकर्ता छन्, सरकारी निकायको सानो गलत भूमिकाबाट ती सबै लगानीकर्तालाई नकारात्मक असर परेको छ,” उहाँले भन्नुभयो ।

    इन्भेष्टर्स फोरमका निर्वमान अध्यक्ष समेत रहनु भएका पौडेलले पछिल्लो आठ महिनामा पूँजीबजारमा करिव १५ खर्बभन्दा बढी घाटा भएको र त्यहीबेला सरकारलाई पनि अरबौँ घाटा भएको जानकारी दिनुभयो ।

    पुँजीबजारको सुधार र व्यवस्थापनका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा सम्बन्धित सबै सरकारी निकायहरूलाई पटक पटक घच्घच्याउदा पनि सुनुवाइ नभएपछि आफूहरू अहिले सडक आन्दोलनमा उत्रिनु परेको उहाँले स्पष्ट पार्नुभयो ।

    पुँजीबजारका लगानीकर्ताहरूले हिजो काठमाडौँको माइतीघरमा वृहत प्रदर्शन गरेका थिए ।


    शनिवार, जेठ २८ २०७९०८:२१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij