Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारद्वारा फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हडताल निषेध

सरकारद्वारा फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हडताल निषेध

  • शुक्रवार, जेठ २७ २०७९

  • 666
    SHARES

  • सरकारद्वारा फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हडताल निषेध

    काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हडताल गर्न निषेध गरेको छ ।

    अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले हडताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ ।

    हडताल निषेध गरिएकामा डाँक, तार वा टेलिफोन सेवा, जल–स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, हवाई अड्डा वा जहाजको देभाल, त्यसको मर्मत तथा सञ्चालनसँग सम्बन्धित काम, हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसार–पसार गर्ने वा रेखदेख वा थन्क्याउने, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा हडताल निषेधित सूचीमा छन्।

    यसैगरी हातहतियारसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षासँग सम्बन्धित काम, खानेपानी सञ्चालन एवं वितरण, औषधि निर्माण तथा बिक्री वितरण, बैंकिङ, बिमा, विद्युत्, दैनिक उपभोग्य वस्तुहरू, मौसम र बाढी सम्बन्धी पूर्वानुमान र सूचना, मास्क, ह्यान्ड स्यानिटाइजर, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवा उक्त सूचीमा समावेश छन्।

    निषेध गरिएका सेवामा हडताल गर्न वा त्यसमा भाग लिन कुनै व्यक्तिले अरूलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनको दफा ५ मा उल्लेख छ।

    यसैगरी हडतालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय गरिने प्रावधान छ।


    शुक्रवार, जेठ २७ २०७९०२:५९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij