Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सांसद कृष्णा केसीसहित बाँकेमा २८ जना कोरोना संक्रमणमुक्त

सांसद कृष्णा केसीसहित बाँकेमा २८ जना कोरोना संक्रमणमुक्त

  • बिहिवार, भाद्र ४ २०७७

  • 873
    SHARES

  • सांसद कृष्णा केसीसहित बाँकेमा २८ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित बाँकेमा बिहीबार २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बाँके क्षेत्र नम्बर १ (क) की सांसद केसीसहित २८ जना कोरोनामुक्त भएर बिहीबार बिहान घर फर्किएका हुन् ।

    १३ जना महिलासहित २८ जना संक्रमितहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै लक्षण नदेखिएका ५१ जना सक्रमितलाई पनि डिस्चार्ज गरिनेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

    बाँकेमा अन्य जिल्लाका तीन जनासमेत गरी ७६६ संक्रमितमध्ये ४९६ जना घर फर्किसकेका छन् । हाल २६६ जना संक्रमित आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण बाँकेमा ४ जनाले मृत्यु भएको छ ।


    बिहिवार, भाद्र ४ २०७७०२:३३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij